काङ्ग्रेसको केन्द्रिय सदस्य खुलामा तीन हजार मत गणना हुँदा डा. कोइराला सबैभन्दा अगाडी



काठमाडौं,पुस ४ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदको मत गणना चलिरहेको छ । अहिलेसम्म २ हजार ९ सय ९३ मत गणना सकिएको छ ।

पछिल्लो मत परिणाम अनुसार केन्द्रिय सदस्य खुलामा डा. शशांक कोइराला २ हजार ४ सय ४२ मतका साथ सबैभन्दा अगाडि रहेका छन् ।

यस्तै एनपी साउद १ हजार ८ सय ९६ मतले दोस्रो स्थानमा छन् । यसैगरी गृहमन्त्री बालकृष्ण खाँण १ हजार ८ सय ५१ मतका साथ तेस्रो स्थानमा आएका छन् । 

प्रतिक्रिया दिनुहोस्