भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म
काठमाडौं,कात्तिक १५ । जाडोयाम सुरु भएसँगै भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो ।
नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।
यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए । नयाँ समयतालिकाअनुसार कार्यालय समय एक घण्टा घटेको छ ।

