बालुवाटार बैठक : तीन नेताले पाए एमसिसी सम्झौता अध्ययन गर्ने जिम्मा



काठमाडौं,पुस ४ । आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सकिएको छ। सो बैठकले एमसिसी सम्झौताबारे अध्ययन गरी सुझाब दिने जिम्मा सत्तारुढ तीन दलका तीन नेतालाई दिइएको छ।

 आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई एमसिसी अध्ययन गरी सुझाब दिने जिम्मा दिइएको हो। 

बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले भने उपस्थित थिएन।समग्रपक्षको अध्ययन गरेर सुझाब पेस गर्ने खनालले जानकारी दिए। सुझाब दिने समयवधि भने तोकिएको छैन। भोलिदेखि नै अध्ययनको काम सुरु गर्ने खनालले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्