कोरोना अपडेट: थप १८१ कोरोना संक्रमित, २८९ डिस्चार्ज



काठमाडौं,पुस ४ । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ७२ जनाको कोरोना परिक्षण गरिएको छ । 
परिक्षण गरिएको मध्ये १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२ सय ८९ जना कोरोना निको भएको पनि मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना निको हुनेको ८ लाख ८८ हजार ९२ अर्थात ९८ प्रतिशत रहेको छ । यस्तै गएको २४ घण्टामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १ रहेको छ । अहिले सम्म नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ७३ पुगेको छ । 

९७ हजार २६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।  नेपालमा अझै पनि ५२ सय ७१ जना सक्रिय संक्रमित मध्ये ९५ क्वारेन्टाइनमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्