नुवाकोट भद्रुटारमा रुम टु रिड र रुडेक नेपालको सहयोगमा साक्षरता कार्यक्रम हस्तान्तरण



नुवाकोट,पुस ४ । जिल्लाको विभिन्न ठाउँमा रुम टु रिड र रुडेक नेपालको सहकार्यमा साक्षरता सम्बन्धि कार्यक्रम हस्तान्तरण गरिदै आएको छ ।

आइतबार पञ्चकन्या गाउँपालिकामा रहेको भेडाबारी माध्यमिक विद्यालयमा संचालित साक्षरता कार्यक्रम विद्यालयलाई हस्तान्तरण गरिएको रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले बताए।

कार्यक्रममा रुडेक नेपालका अध्यक्ष मिनकुमार केसी, विद्यालयका प्रधानाध्यापक जयबहादुर लामिछाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरुले यस्ता कार्यक्रमले साक्षरता सम्बन्धि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्