एक हजार तीन सय क्यूफिट काठ सहित तीन जना पक्राउ



चितवन,पुस ५ । डिभिजन वन कार्यालय चितवनले अबैध रुपमा चोरी तस्करी गरेको १ हजार ३ सय ५५ क्यूफिट काठ सहित तीन जनालाई पक्राउ गरेको छ । पूर्बी चितवनको कालिका नगरपालिकामा रहेका तीन वटा फर्निचर उद्योग र एउटा घरबाट सो परिणाममा काठ वरामत गरिएको हो ।

कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार कालिका नगरपालिका वडा नम्बर ८ मा रहेको देवि फर्निचर उद्योगबाट ४ सय ८७ क्यूफिट, सरिता फर्निचर उद्योगबाट ३ सय ९२ क्यूफिट, कालिका नगरपालिका वडा नम्बर १ मा रहेको रुपेन्द्र काष्ठ फर्निचर उद्योगबाट ३ सय ५५ क्यूफिट काठ वरामत गरिएको छ । यस्तै सो वडाको सूर्यपुरमा रहेको राम घिसिङको घरबाट १ सय २१ क्यूफिट काठ बरामत गरिएको छ ।

उनीहरुलाई प्रमुख जिल्ला अधिकारी सहितको टोलि र डीभिजन वन कार्यालयको टोलिले पुस १ र २ गते नियन्त्रणमा लिएर आज सार्बजनिक गरेको हो । पक्राउ पर्नेमा देवि फर्निचर, सरिता फर्निचार र रुपेन्द्र काष्ठ फर्निचरका १÷१ जना रहेका छन् । अन्य संलङ्नहरुको खोजि कार्य भईरहेको खनालले बताउनुभयो । पक्राउ परेका तीन जनालाई जिल्ला दालत चितवनबाट वन ऐन २०७६ अनुसार कारवाहीका लागि समय थप गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्