रामचन्द्र पौडेलका सम्धी केन्द्रीय सदस्यमा पराजित



काठमाडौं, पुस ५। नेपाली कांग्रेसको ३५ जना खुला केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री तारिणी दत्त चटौत पराजित भएका छन् । १४औं महाधिवेशनमा ९९ जना उम्मेदवारमध्येका एक पूर्वमन्त्री ३५ जनाभित्र पर्न असफल भएका हुन् ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगर निवासी चटौत कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् । चटौत गिरिजाप्रसाद कोइरालाको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री थिए । उनी त्यतिखेरको चर्चित लाउडा जहाज प्रकरणमा पनि मुछिएका थिए ।

कांग्रेसमा विगतमा कोइराला र हाल पौडेल समूहमा रहेका चटौतले ८२२ मत पाएका छन् । चटौत १३औं महाधिवेशनमा रमेश लेखकसँग महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्