छहरे-टोखा सडक यात्रा सवारीसाधन आफै गुड्न थालेपछि…



नुवाकोट,पुस ५ । पञ्चकन्या गाउँपालिकाका प्रवीण तामाङ काठमाडौं जाने तरखरमा थिए। बिहानै काठमाडौं पुगेर कलेजका साथीहरुसंग गफिने सपना त्यतिबेला चकनाचुर भयो । जतिबेला उनी चढेको मोटरसाइकल गुर्जे अस्थायी प्रहरी पोस्ट कट्ने बित्तिकै अचानक आफै गुड्न थाल्यो यस्को प्रमुख कारण थियोे सडकमा परेको तुषारो। उनी चढेको मोटरसाइकल गुडेर २० मिटर टाढा त पुग्यो सौभाग्य उनलाई धन्न केहि भएन।

प्रवीण घटनाका एक प्रतिनिधिमूलक पात्र मात्र हुन। जो कोही यस सडकखण्ड हुँदै यात्रारत छन् भने सबैजना यसबारे जानकार हुन आवश्यक छ ।

यस क्षेत्रमा जोकोही सतर्क हुनु अनिवार्य छ। बिहान र साँझपख अत्यधिक तुषारो वर्षा भैरहेकोले यस क्षेत्र हुँदै आवतजावत गर्ने सबैजना सतर्क हुनुपर्ने गुर्जेस्थित अस्थायी प्रहरी कार्यालयले जनाएको छ।

अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक (असई) बिचारी श्रेष्ठका अनुसार नवागंतुकहरुको सवारीसाधन दिनहुँजसो सो क्षेत्रमा चिप्लिएर घाइते हुने गरेका छन् । उनले भने ‘जुत्ता लगाएर हिड्न समेत चिप्लिएर असहज भैरहेकाले सवारीसाधन चलाउदा चालकले चलाखी हुन जरुरी छ।’

सोमबार बिहान एक टाटा सुमोले मोटरसाइकल चालकलाई साइड दिदादिदै मोटरसाइकल चालक तुषारोमा चिप्लिएर नजिकै ड्रेनमा पछारिए। मोटरसाइकल चालकलाई स्थानीय गणका प्रहरीको सहयोगमा गन्तव्यसम्म पुग्न सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्