मुसिकोटमा मेगा बैंकको शाखा रहित बैंकिङ्ग सेवा



गुल्मी,पुस ५ । मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको मुसिकोटमा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उद्धेश्यले मुसिकोट नगरपालिकाको वडानम्बर–२ देउरालीमा शाखा रहित सेवाको विस्तार गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताए । शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रमका बीच मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले उद्धघाटन गरेका हुन् । सेवाको शुभारम्भ गर्दै नगर प्रमुख सापकोटाले ग्रामीण भेगका जनताको सेवाको निम्ति बैंक आएको बताए ।

सामाजिक सुरक्षा भत्ता ७५ वर्षका माथीकालाई घरमै पुगेर बितरण गर्न आग्रह गरे। उनले नगरपालिका वासीलाई बचत गर्ने बानीको बिकास गर्न जोड दिए । प्रत्येक नागरिकले एक सय रुपैयाँ कमाउदा एक रुपैयाँ बचत गर्नुपर्ने बताए । बचत गरिएन भने पछि आफैलाई आफठ्यारो परेको बेला झनै संकट आइपर्ने नगरप्रमुख सापकोटाको भनाई छ ।

उनले एक घरका एक जना भएपनि खाता खोल्न आग्रह गरे । मुसिकोट नगरपालिकाले दिने सेवा पनि यसै बैंकबाट दिने सापकोटाले बताए । ग्रामीण क्षेत्रका नागरिकलाई बैकिङ्ग सेवामा पहुच प्रदान गर्नको लागि शाखा रहित बैंकिङ्ग सेवा शुरुवात गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख पाण्डेले बताए। शाखा रहित सेवा बिस्तारमा बिभिन्न व्यक्तित्वहरु, बैंकका कर्मचारी लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्