काङ्ग्रेसको खुला महिला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक



काठमाडौं,पुस ५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला महिला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसको विधान अनुसार खुला महिलामा ९ जना निर्वाचित हुने ब्यवस्था छ ।

निर्वाचनमा नेतृ डा. डिला संग्रौलाले सबैभन्दा बढी मत ल्याएकी छन् । उनले कुल ४ हजार ६ सय ७९ मतमध्ये २ हजार ८ सय ८५ मत प्राप्त गरिन् ।

यस्तै, पुष्पा भुसालले २ हजार ७ सय १८, डा. आरजु राणाले २ हजार ५ सय ३६, अम्बिका बस्नेतले २ हजार ३ सय ३९, इश्वरी न्यौपानेले २ हजार २ सय ५९, सरिता प्रसाईले २ हजार ९६, रमा कोइराला पौडेलले १ हजार ८ सय ५८, शुसीला ढकाल आचार्यले १ हजार ८ सय ४ र रंगमती शाहीले १ हजार ७ सय ८९  मत ल्याएर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्