यस्तो छ आजको सुनको मूल्य



काठमाडौं,पुस ६ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८ सयले घटेर  प्रतितोला ९३ हजारमा कारोबार भएको छ । यस अघि सोमबार सुन तोलाको ९३ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैंयाँ घटेर १२३५ मा कारोबार भैरहेको महसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्