मदिराले मातेको श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु



भक्तपुर,पुस ६ । सूर्यविनायक नगरपालिका ५ कटुन्जे डेरा गरी बस्ने २५ वर्षीया मन्दिरा राईको उनकै पतिको कुटपिटबाट मृत्यु भएको छ ।

मदिराले मातेका उनका श्रीमान भोजपुर केराबारी घर भएका २८ वर्षीय जीवन राईले मन्दिरालाई आइतबार राति कुटपिट गरी मृत अवस्थामा छोडी फरार भएका थिए ।

फरार राईलाइ प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । घटना सम्बन्धमा अनुसन्धान तालिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्