दाङमा ब्राउनसुगर सहित दुई जना पक्राउ



दाङ,पुस ६ । दाङमा लागुऔषध ब्राउनसुगर सहित दुईजना पक्राउ परेका छन । दाङ देउखुरीको अमिलियाबाट १५० ग्रामभन्दा बढी ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा नेपालगन्जका लक्ष्मी राना र समीर अन्सारी रहेका छन ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले सोमबार बेलुकी उनिहरुलाई पक्राउ गरेको थियो।

दाङ हुँदै राप्तीका पहाडी जिल्लामा ब्राउनसुगर निर्यात हुने भएकाले प्रहरी बिशेष निगरानी बढाएको छ।

प्रतिक्रिया दिनुहोस्