मिलन पाण्डेलाई विवेकशील साझाबाट रवीन्द्र मिश्रले निकाले



काठमाडौं,पुस ६ । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पार्टीको विधान र निर्णयविपरीत गतिविधि गरेको भन्दै संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गरेका छन् ।

अध्यक्ष मिश्रले मंगलबार विज्ञप्तिमार्फत पार्टी विधान र केन्द्रीय समिति निर्णयहरु विपरित गतिविधि गरेर पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै मंगलबारदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाण्डेलाई निष्कासन गरेका हुन ।

विज्ञप्तिमा भनिएको छ, ‘विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईंले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मंसिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार तपाईंसँग पुस ४ गतेसम्मको समय दिएर लिखित स्पष्टिकरण (च)सं. ५०१ माग गरिएको विदितै छ ।’

प्रतिक्रिया दिनुहोस्