प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको वाग्मती प्रदेश स्तरीय भेला काठमाडौंमा



काठमाडौं,पुस ६ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको वाग्मती प्रदेश स्तरीय भेला काठमाडौंमा हुने भएको छ।

नेकपा समाजवादी पार्टीका आस्थावान शिक्षकहरुको वाग्मती स्तरीय भेला काठमाडौंको पेशागत महासंघको कार्यालय लैनचौरमा हुन लागेको नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष महेश्वर पाण्डेले बताए।

उपाध्यक्ष पाण्डेका अनुसार आम शिक्षकहरुकाे जायज माग पूरा गराउन विभिन्न संगठनले खेलेको भूमिकालाई हातेमालाे गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले गरेका अनियमितता/भ्रष्टाचारकाे विरुद्धमा बुलन्द रुपमा आवाज उठाउने लगायतका काम गर्ने प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनले जनाएको छ।

यहीँ पुस १० गते शनिबार बिहान ११ बजे पेशागत महासंघको कार्यालय लैनचौरमा कार्यक्रम हुने सूचनामा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्