शिक्षक पदपुर्तिका लागि निम्न माध्यामिक तहको विज्ञापन खुल्यो



काठमाडौं,पुस ६ । शिक्षक पदपुर्तिका लागि शिक्षा सेवा आयोगले निम्न माध्यामिक तहको विज्ञापन खुलाएको छ।

शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन गरेको हो । निम्न माध्यामिक तहको २५ सय ९८ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको आयोगले जनाएको छ ।

आयोगको अनुसार पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ । साथै चैत्र १७ परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ । त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाट नै भर्ने व्यावस्था गरेको जनाएको छ । आयोगले प्राथमिक तहको विज्ञापन पनि तत्काल खुलाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्