बौडेश्वर माद्यामिक विद्यालयका विद्यार्थीलाई मेयर अधिकारीद्वारा झोला वितरण



काठमाडौं,पुस ६ । टोखा नगरपालिका वडा नम्बर १ मा अवस्थित बौडेश्वर माद्यामिक विद्यालयका विद्यार्थीलाई नगरका मेयर प्रकाश अधिकारीले झोला वितरण गरेका छन् ।

मंगलबार विद्यालय प्राङ्गणमा भएको एक कार्यक्रम बीच मेयर अधिकारीले झोला वितरण गरेका हुन्। विद्यालयमा अध्ययनरत कक्षा ७ सम्मका विद्यार्थीलाई यसअघि नै झोला वितरण गरिएको थियोे। बाकी कक्षा ७ देखि माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएको हो।

सो कार्यक्रममा बोल्दै नगरका मेयर प्रकाश अधिकारीले नगर क्षेत्रका सम्पुर्ण विद्यालयलाई आवश्यक शैक्षिक सामग्री जुटाउन नगर लागि परेको बताए। आवश्यक विद्यालयीय शैक्षिक सामग्री विना विद्यार्थीको शैक्षिक गुणस्तरको परिकल्पना समेत गर्न नसकिने मेयर अधिकारीले बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उत्तमप्रसाद अधिकारी, टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियोे।

प्रतिक्रिया दिनुहोस्