छहरे-टोखा सडक: भीर कटिङ जोखिमपूर्ण छ, समस्या बुझिदिनुपर्यो- कन्स्ट्रक्सन



नुवाकोट, पुस ६ । नुवाकोट-काठमाडौ जोड्ने छोटो दुरीको मार्ग छहरे-टोखा अन्तर्गत पर्ने सिस्नेरी भीर सडक निर्माण द्रुत गतिमा अगाडि बढेको छ। सोमबारदेखि सो सडकमार्गको स्तरोन्नतिका क्रममा चट्टान काट्नुपर्ने भएकाले सडकमा हुने सवारीसाधन आवागमन बन्द गराई निर्माण कार्य अगाडि बढाइएको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ।

यसअघि कार्यालयले गत वर्षको चैत ५ गतेदेखि बन्द गरी निर्माण कार्य अगाडि बढाउने सूचना जारी गरेको थियो। आइतबारदेखि बन्द गराई सडक स्तरोन्नति गर्ने सूचना जारी भएपनि प्राविधिक कारणवस केहि दिन ढिलाइ गर्दै सोमबारदेखि सडक पुर्ण रूपमा सडक बन्द गरी निर्माण कार्य अगाडि बढाइएको निर्माणको ठेक्का पाएको सिसन निर्माण सेवाकी सुजिता शाक्यले बताइन्।

उनले साझापथसंग भनिन् – ‘बाधा अवरोधका बाबजुद विगतमा  सडक निर्माण गतिलाई अगाडि बढाइरहेका थियौ, वर्षाका कारण रोकिएको भीर कटिङ कार्य र सडक फराकिलो बनाउने काम बाकी नै रहेकोेले सोमबारदेखि पुनः सुचारु गरिएकोले यस ठाउँको बिकासका निम्ति स्थानीय नागरिकका साथै सबैको साथ र सपोर्ट चाहियो।’

कुराकानीका क्रममा शाक्यले दोहोर्‍याएर सोही ठाउँमा काम गर्दैछौं, घाटानाफाको कुरा छोडौ हामी यहाँका नागरिकको चित्तबुझ्दो काम गर्न चाहन्छौं । उनले बाटो निर्माणकै चरणमा पछिल्लो समय टिप्पर चालकले जिल्ला प्रशासन घेराउ गर्ने कुरा आउँदा आफुलाई आश्चर्य लागेको बताइन्।

हाल सिस्नेरी भीरको थप काम सक्न तथा चौडाई बढाउन आवश्यक जनशक्ति र औजार/साधन पर्याप्त रहेकाले सबैले धैर्य गरी निर्माण कार्यलाई सहयोग पुर्याउन शाक्यले अनुरोध गरिन। मंगलबारदेखी वैकल्पिक सडकका रुपमा कायम भएको चापको बोट नजिकै अल्छे ढुङ्गा- सुनखानी ग्रामीणदेवी विद्यालयहुँदै थानाभञ्ज्याङ् छिचोल्ने सडक कायम गरि बाटो निर्माण भैरहेको शाक्यले बताइन्।

प्रतिक्रिया दिनुहोस्