नुवाकोट पञ्चकन्याकी जानुका नेपाली पक्राउ, बालकको लिङ्ग बाधेर के गरिन यस्तो



काठमाडौं,पुस ६ । नुवाकोट पञ्चकन्या गाउँपालिकाकी जानुका नेपाली पक्राउ परेकी छिन। नेपालीले राति सुत्दा ओछ्यानमा पिसाव फेरेको भन्दै नाबालकको लिंगमा रबरले बाँधेर यातना दिने गरेको खुलेको छ। उनी पोखराको एक होस्टलको वार्डेन रहेको खुल्न आएको छ। नेपालीलाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको हो । पोखरा–१५ गलेश्वर चोकमा रहेको न्यू लाइफ स्कुलकी वार्डेन जानुका नेपाली पक्राउ परेकी हुन् ।

उनले विद्यालयको होस्टलमा बस्ने ६ वर्षीय बालकलाई राति ओछ्यानमा पिसाव फेर्न नदिन यौनांगमा रबरले बाँध्ने गरेको खुलेको छ । यस्तो कुरा अर्का विद्यार्थीले सोमबार विद्यालयकै एक शिक्षिकालाई सुनाएपछि वार्डेनले बालकलाई यातना दिने गरेको सार्वजनिक भएको हो । शिक्षिकाले बालकलाई हेर्दा पेट फुलेको र रोइरहेको अवस्थामा भेटेका थिए ।

होस्टल वार्डेन नेपालीले आफूले गल्ती गरेको र अब त्यस्तो कर्तुत नदोहोर्‍याउने भन्दै लिखित समझदारी गरेकी थिइन् । उक्त घटना सार्वजनिक भएपछि भने प्रहरीले नेपालीलाई पक्राउ गरेको हो ।

नुवाकोट पञ्चकन्या गाउँपालिका–२ स्थायी घर भई हाल पोखरा–१४ बस्ने २७ वर्षीया नेपालीलाई बालबालिका विरुद्धको कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपक केसीले बताए । कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्