नुवाकोट शिवपुरीका विभिन्न स्थानमा बालबालिकालाई कोरोना खोप



नुवाकोट,पुस ७ । जिल्लाको शिवपुरी गाउँपालिकाका विभिन्न स्थानमा आजदेखि बालबालिकालाई कोरोना खोप लगाइने भएको छ।

गाउँपालिकाको सबै स्वास्थ्य संस्था र माध्यमिक विद्यालयमा कोरोना विरुद्धको खोप लगाइने शिवपुरी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख उद्धब कार्कीले बताए ।

प्रमुख कार्कीका अनुसार २०६१ मंसिर पछि २०६६ मंसिरसम्म जन्मिएका सबै बालबालिकालाई मोर्डना खोप लगाइने छ ।खोप दुई दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्