लुम्बिनीबाट केन्द्रीय सदस्यमा कँडेल, केसी र खड्का निर्वाचित



काठमाडौँ,पुस ७ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको मतगणना सकिएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार खुलातर्फ केन्द्रीय सदस्य पदमा देवेन्द्रराज कँडेल र चन्द्रबहादुर केसी निर्वाचित हुनुभएको छ ।

कँडेलले २ हजार ७२७ र केसीले २ हजार २६७ मत प्राप्त गर्नुभयो । २ पदका लागि भएको निर्वाचनमा ६ जनाको उम्मेदवारी परेको थियो ।

जसमा महेन्द्रकुमार शर्माले १ हजार ७७३, लेखनाथ पोखरेलले १ हजार ५२७, प्रदीपराज शर्माले ४२३ र बमबहादुर डिसीले २५२ मत प्राप्त गर्नुभएको छ । ४ हजार ६४९ मत खसेकोमा २० मत बदर भएको छ ।

लुम्बिनी प्रदेशकै महिलातर्फको केन्द्रीय सदस्य पदमा शिला शर्मा खड्का निर्वाचित हुनु भएको छ । उहाँले २ हजार ६७३ मत प्राप्त गर्नुभयो ।

१ पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो । जसमा रीता सेन ओलीले १ हजार ४६३ मत र भगवती काफ्ले भण्डारीले ४१४ मत प्राप्त गर्नुभयो ।

४ हजार ६४९ मत खसेकोमा २० मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्