रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्याग



काठमाडौं, पुस ८ । रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् । पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन उनले पार्टी परित्याग गरेकी हुन् ।

‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु,’ दर्शनाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तत्काल कुनै पार्टीमा नजाने बताएकी उनले आफू एक सचेत स्वतन्त्र नागरिकको भूमिमा रहने जानकारी दिएकी छन् । उनले भनेकी छन्, ‘८ पुस २०७८ बाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु ।’

प्रतिक्रिया दिनुहोस्