मनकामना केबलकार सञ्चालन



मुग्लिन, पुस ८ । मनकामना केबलकार सञ्चालनमा आएको छ। नेपालकै पहिलो केबलकार मनकामना केबलकार बिहीबारदेखि नियमित सञ्चालनमा आएको हो ।

स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो ।

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्