१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ



मकवानपुर,कात्तिक १६ । मकवानपुरमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुरकै २६ वर्षीय रामशरण भोम्जन रहेका छन्।

प्रहरीका अनुसार सोमबार बिहान करिब १ः४० बजे बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा भोम्जनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्