नेकपा माओवादीको आठौँ महाविधेशन: अध्यक्ष प्रचण्डद्वारा उद्घाटन



काठमाडौँ, पुस ११ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन् ।

आइतबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजित उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन् ।

उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा( एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेललगायत प्रमुख राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्