ओमिक्रन प्रजातिको कोरोना फैलिएपछि दिल्लीमा विद्यालय बन्द गर्न आदेश



एजेन्सी, पुस १३ । ओमिक्रन प्रजातिको कोरोना फैलिएपछि दिल्लीमा विद्यालय बन्द गर्न आदेश भएको छ। भारतको नयाँ दिल्लीका विद्यालयहरु बन्द गर्न आदेश भएको हो । ओमिक्रन प्रजातिको कोरोना भाइरस फैलिएपछि दिल्लीमा विद्यालय बन्दको आदेश गरिएको हो ।

मङ्गलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले कोरोना भाइरससँग जुध्न कतिपय क्षेत्रमा निषेधाज्ञा जारी गरेको उल्लेख गरेका छन् । उनले सबै शैक्षिक संस्था बन्द गर्ने, विवाह र मृत्यु संस्कारमा २० जना भन्दा बढी भेला हुन नपाइने, दिल्ली मेट्रो र बसमा क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्न दिने घोषणा गरेका हुन् ।

दिल्लीमा रात्रीकालिन निषेधाज्ञा जारी गरिसकिएको छ । विहान १० देखि ८ बजेसम्म मात्र रेष्टुरेनटहरु सञ्चालन गर्न दिइएको छ । पसलहरु क्षमताभन्दा आधा मात्र उपभोक्ता प्रवेश दिएर सञ्चालन गर्न दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्