विश्वकै होची टर्कीकी महिलाको निधन



एजेन्सी,पुस १९ । विश्वकै होचि भनेर गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता भएकी टर्कीकी महिलाको निधन भएको छ । एलिफा कोकामन नाम गरेकी ति महिलाको निधन निमोनियको कारण भएको पुष्टी भएको छ ।

सानो शरीरका कारण विश्वमा आफ्नो पहिचान बनाएकी एलिफाको गएको बिहिबार निमोनियको कारण निधन भएको विभिन्न सञ्चार माध्यामले जनाएको छ ।

३३ वर्षकी एलिफा कोकामनको टर्कीको दक्षिणपूर्वी ओस्मानिए प्रान्तस्थित अस्पतालमा २ दिनसम्म निमोनिया सँग जुधेपछि उनको निधन भएको हो ।

एलिफा टर्कीको कादिरली शहरकी हुन । उनको उचाई ७२.२ सेन्टिमिटर अर्थात् २ फुट ५ इन्चकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्