विकास काठमाडौं केन्द्रित भयो : अर्थमन्त्री शर्मा



काठमाडौं,पुस २३ । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं शहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन् । बिहीवार लगानी बोर्ड नेपालको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले विकास काठमाडौं केन्द्रित भएकाले अर्को शहरको आवश्यकता रहेको बताएका हुन् । धेरै मानिसको बसोवास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ शहर निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

अहिलेको सन्दर्भमा कम्तीमा तीनओटा ठूला शहरको निर्माण गर्नुपर्ने मन्त्री शर्माको भनाइ थियो । ‘काठमाडौं शहरको नयाँ भर्सन चाहियो, दूरदराजका ठाउँमा नयाँ काम गर्‍यो भने त्यहाँ शहर बन्दो रहेछ,’ उनले भने, ‘नेपालका यस्ता तीनओटा ठाउँ खोजेर अगाडि बढायौं भने विकासको अर्को नयाँ ढोका खुल्नेछ ।’

अर्थमन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेको भन्दै पर्यटन, शिक्षा, पूर्वाधार विकास लगायत क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजना निर्माण गर्नुपर्ने बताए । पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता बृहत् योजना अघि सार्न लगानी बोर्डलाई उनले आग्रह गरे । त्यसैगरी काठमाडौं–पोखरा–लुम्बिनीका लागि तीव्र गतिको यातायात पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पनि अर्थमन्त्री शर्माले औंल्याए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्