हुवासिन सिमेन्ट उद्योगबाट शनिवारदेखि परीक्षण उत्पादन हुँदै, करीब ५ मेवा विद्युतसमेत उत्पादन



उद्योगबाट दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन हुने

काठमाडौं,पुस २४ । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले आज शनिवारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी पूरा भएको उद्योगले बताएको छ ।     
     

हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको भट्टीमा चुनढुङ्गा राखेर उत्पादनको तयारी थालिएको छ । व्यावसायिक उत्पादनका लागि थप दुई महीना लाग्ने उनले बताए। डिसेम्बरभित्रै परीक्षण उत्पादन थाल्ने भनिए पनि प्राविधिक तयारी बाँकी रहेकाले केही दिन ढिला भएको हो ।

नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानी रहेको सो उद्योगमा गत कात्तिकको अन्तिम सातादेखि विद्युत् उपलब्ध भएको थियो । उद्योगले प्रदूषण नियन्त्रणका लागि ध्यान दिएको बताएको छ । ड्राइ प्रोसेस प्रविधिबाट उत्पादन हुने र विश्वमा हाल अत्यन्त प्रचलित फिल्टरलगायत इलेक्ट्रो स्ट्याटिक प्रिसिपिटेटर (ईएसपी) जडान गरिएको छ ।     
     

आफ्नै गुणस्तरीय खानीबाट उत्पादित चुनढुङ्गाबाट क्लिन्कर र सिमेन्ट उत्पादन गर्ने उद्योगको दाबी छ । प्लान्टलाई प्रविधिमैत्री बनाइएको छ । अत्याधुनिक कम्प्युटर प्रविधि (सीसीआर) बाट उत्पादन प्रक्रियाको निरन्तर निगरानी गर्न सकिने बताइएको छ। आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्