शिवपुरी गाउँपालिकाले शैक्षिक संस्था बन्द बारे निकाल्यो सूचना



नुवाकोट,पुस २६ । जिल्लाको शिवपुरी गाउँपालिकाले शैक्षिक संस्था बन्द बारे सूचना प्रकाशित गरेको छ।

पछिल्लो समय बढ्दै गएको कोरोना भाइरस नियन्त्रणका लागि संघीय सरकारद्वारा जारी सूचनालाई मध्यनजर गर्दै सेवा क्षेत्रका सम्पुर्ण शैक्षिक संस्था बन्द गर्ने गाउँपालिकाले जनाएको छ।

सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्रप्रसाद भट्टद्वारा हस्तान्तरित सूचनामा वार्षिक बिदा मिलान गर्ने गरि माघ १५ गतेसम्म विदा गरिएको जनाइएको छ। यद्यपि गाउँपालिकामा हुने भवन उद्घाटन तथा गोरु जुधाउने मेला भने स्थगन नभैसकेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्