भारतमा पौने दुई लाख कोरोना संक्रमित थपिएसँगै नयाँ किर्तिमान



एजेन्सी, पुस १६ । भारतमा कोरोना भाइरसको संक्रमित दिनानुदिन वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ७ सय २३ संक्रमित थपिएका हुन् । यो तेस्रो लहर सुरु भए यताकै बढी हो ।

भारतस्थित सञ्चार माध्यमलको दिएको पछिल्लो जानकारी अनुसार थपिएको संख्या अत्यधिक हो। भारतमा १४६ जनाको बितेको २४ घन्टाभित्र मृत्यु भएको छ । भारतमा ७ लाख २३ हजार ६ सय १९ जना सक्रिय संक्रमित छन् ।

भारतको मुम्बई र दिल्लीमा बढी संक्रमित थपिएका छन् । त्यहाँ संक्रमणको जोखिमलाई दृष्टिगत गरी यात्रामा कडाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्