कुण्डला माध्यमिक विद्यालयका शिक्षक तामाङलाई सम्मान



नुवाकोट,पुस २६ । पञ्चकन्या गाउँपालिकास्थित कुण्डला माध्यमिक विद्यालयका शिक्षक प्रेमबहादुर तामाङलाई सम्मान गरिएको छ।

सोमबार आयोजित विद्यालयको ५९ औं वार्षिक उत्सव तथा भवन उद्घाटन समारोहमा तामाङलाई सम्मान गरिएको हो। विद्यालयमा झण्डै २५ वर्ष सेवा गरेका शिक्षक तामाङलाई विद्यालयले ससम्मान विदाई गरेको विद्यालयले जनाएको छ।

विद्यालयमा नवनिर्मित भवनको समेत उद्घाटन गरिएको छ।जाइका र जिल्ला आयोजना कार्यन्वयन इकाई द्वारा निर्मित भवन उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा नेपाली काङ्ग्रेसका नेता डाक्टर रामशरण महत, नेपाली काङ्ग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डिल्लीबहादुर थापा, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ लगायतको प्रमुख उपस्थिति रहेको थियोे ।

विद्यालयले कार्यक्रममा छात्रवृत्ति वितरण, गतवर्षको कक्षागत रुपमा प्रथम द्धितिय, तृतिय विद्यार्थी, वार्षिकोत्सबको अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगिता, भलिवल, नृत्य प्रतियोगीताका विजयीलाई पुरस्कार समेत वितरण गरिएको विद्यालयका शिक्षक सुरेश तामाङले बताए । कार्यक्रममा कुण्डला माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थी समाजले पनि पुरस्कार वितरण गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस्