तथ्याङ्क उवाच : रू. २४ करोड ८० लाख बराबरको रिञ्ची आयात



काठमाडौं,पुस २८। गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. २४ करोड ८० लाख बराबरको रिञ्ची आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा रिञ्ची आयातको औसत वार्षिक वृद्धिदर ४४.९९ प्रतिशत देखिन्छ ।

मुलुकमा आर्थिक गतिविधि बढ्दै जाँदा रिञ्चीको मागमा पनि वृद्धि हुने गर्दछ । नेपालमा पनि हालका वर्षहरूमा रिञ्चीको आयात उल्लेख्य मात्रामा हुने गरेको छ । यस आँकडाले मुलुकभित्र रिञ्ची उत्पादन उद्योगको भविष्य उज्ज्वल रहेको संकेत गर्दछ ।

यस परिस्थितिलाई दृष्टिगत गर्दै रिञ्ची स्वदेशमै उत्पादन गर्ने वातावरण सृजना गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्