धादिङमा बाटो खन्ने क्रममा पहिरो, तीन जना बेपत्ता, डोजर पनि पुरियो



धादिङ, पुस २९ । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् ।

जिल्लाको रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा बिहीबार बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिए ।

सिंहका अनुसार चालक, सहचालयक र उपभोक्ता समितिका एक जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन । खोज र उद्धारका प्रहरी टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्