चाडपर्व लक्षित सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रहरी महानिरीक्षकको निर्देशन
काठमाडौं,कात्तिक २० । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ले चाडपर्वमा हुन सक्ने सम्भावित सुरक्षा जोखिमलाई प्राथमिकतामा राख्दै परिणाममुखी र सुदृढ सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ।
भर्चुअल सम्मेलनमार्फत समसामयिक विषयवस्तु तथा चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनबारे निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक के.सी.ले सम्भावित जोखिमको पहिचान गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो।
कार्यक्रममा विभागीय प्रमुखहरू, उपत्यका प्रहरी कार्यालयका प्रमुख, सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।
प्रहरी महानिरीक्षकले समसामयिक विषयमा केन्द्रित हुँदै चाडपर्वका समयमा हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखी सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन आवश्यक निर्देशन दिनुभएको प्रहरीले जनाएको छ।

