नुवाकोट पञ्चकन्यामा वर्थिङ सेन्टर उद्घाटन



नुवाकोट,पुस २९ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा वर्थिङ सेन्टर उद्घाटन गरिएको छ।

बिहीबार गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले सो सेन्टरको उद्घाटन गरेका हुन।

गाउँपालिकाको वडा नम्बर ४ थप्रेक स्वास्थ्य चाैकीमा सो वर्थिङ सेन्टर संचालन आएसंगै स्थानीय महिलालाई गर्भ परीक्षण तथा बच्चा जन्माउन कुनै सकस नहुने अपेक्षा स्वास्थ्य केन्द्रले राखेको छ।

सबै वडामा वर्थिङ सेन्टर स्थापना गराउने लक्ष्य गाउँपालिकाले राखेको छ। यसअघि गाउँपालिकाको वडा नम्बर ५ र २ मा वर्थिङ सेन्टर स्थापना भैसकेको पञ्चकन्या गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हेमनारायण महतोले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्