सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, चाँदी २० रुपैयाँले घट्यो
काठमाडौं,कात्तिक १८ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर २ लाख ७५ हजार ६ सय रुपैयाँ पुगेको हो।
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। मंगलबार प्रतितोला ३ हजार ६ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर ३ हजार ६ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

