नुवाकोट बारका कडेलमाथी अदालत परिसरमै हातपातको प्रयास



नुवाकोट,पुस २९ । जिल्ला अदालत नुवाकोट बार एसोसियसनका निबर्तमान अध्यक्ष एवं अधिबक्ता देवराज कडेललाई कुटपिट प्रयास भएको छ । साथै कुटपिट प्रयास गर्न खोज्नेप्रति जिल्ला अदालत बार एसोसियसनले खेद प्रकट गरेको छ । 

बिहिबार अदालत परिसरमै कडेलमाथी अनैतिक गालीगलौजका साथ हातपातको प्रयास भएको जारी गरीएको प्रेश विज्ञप्तिमा जनाईएको छ । बेलकोटगढी नगरपालिका वडा नम्बर १३ घर भै हाल काठमाडौ बस्ने हिता थापाले आफु बिरुद्ध बहस गरेको बिषयलाई लिएर हातपातको प्रयास गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । 

पक्षको प्रतिनिधित्व गरी वहस पैरवी गर्ने कानुन व्यवसायीको कर्तव्य एवं स्वच्छ सुनुवाईको हकप्रति सचेत रहन र आगामी दिनमा त्यस्ता घटनाहरु नहुन र नदोहोर्‍याउन सचेत गराउँदै घटनाप्रति नुवाकोट जिल्ला अदालत बार एसोसियसनले खेद प्रकट गरेको छ । 

प्रतिक्रिया दिनुहोस्