नुवाकोटका डाक्टर पाण्डे ढुंगेमा मृत भेटिए



नुवाकोट,पुस २९ । जिल्लाको ढुङेमा बिहीबार विहान एक डाक्टर मृत अवस्थामा भेटिएका छन् ।

२६ वर्षीय डेन्टल डाक्टर शशांक पाण्डे विदुरस्थित ढुंगेमा मृत भेटिएका हुन । उनी नुवाकोटकै सञ्जीवनी पोलीक्लिनिक एण्ड हस्पिटलमा कार्यरत थिए ।

‘सडक छेउमा वेवारिसे अवस्थामा शव भेटिएको छ । मोटरसाइकल नजिकै लडेको अवस्थामा छ । गाडीले ठक्कर दिएको हो कि ? आफै लडेर यस्तो भएको हो । केही थाहा भएको छैन,’ । त्रिशुली अस्पतालका मेसु डा दिपेन्द्र पाण्डेले भने । मृतक डाक्टर पाण्डे नुवाकोटकै स्थानीय हुन् ।

प्रतिक्रिया दिनुहोस्