बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?



काठमाडौं,पुस ३० । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रति तोलामा २०० रुपैयाँले बढी ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रति तोला ९२ हजार २०० रुपैयाँ तोकिएको छ । हिजो तेजाबी सुन ९२ हजार रूपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रति तोलामा ५ रुपैयाँले बढी एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्