जबर्जस्ती करणी गर्ने नुवाकोट किस्पाङका युवकलाई जन्मकैदको फैसला



रसुवा, पुस ३० । जबर्जस्ती करणी गर्ने नुवाकोट किस्पाङका एक युवकलाई जन्मकैदको फैसला सुनाइएको छ ।

जिल्ला अदालत रसुवाले नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१ वर्षीय यमप्रसाद भट्टराईलाई जन्मकैदको फैसला सुनाएको हो।

जिल्ला अदालतका न्यायाधिश राजेन्द्र नेपालको एकल इजलासले उक्त फैसला सुनाएको तहसिलदार गोपी विश्वकर्माले जानकारी दिए । भट्टराईले ६ वर्षीया बालिकालाई गत वर्ष माघमा जबर्जस्ती करणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्