गोरु नजुधाए पनि समाजसेवी शिव अधिकारीले किसानलाई नगद पुरस्कार दिने



नुवाकोट,पुस ३० । गोरु नजुधाए पनि समाजसेवी शिव अधिकारीले नुवाकोटका किसानलाई नगद पुरस्कार दिने भएका छन् ।

नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् समाजसेवीका रुपमा समेत परिचित शिव अधिकारी “अविरल” ले तारुकाको ऐतिहासिक गोरूजुधाई पर्व स्थगित भएपनि किसानको मनोवल उच्च राख्न एक लाख रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्ने घोषणा गरेका हुन । उनले सामाजिक संजाल मार्फत गोरु पाल्ने किसानलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन ।

हरेक बर्ष माघेसंक्रान्तिको दिन नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर ३ चन्दनीमा आयोजना हुँदै आएको ऐतिहासिक गोरुजुधाई पर्व यसपटक कोरोना महामारीको कारण स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालयले महामारीलाई मध्यनजर गर्दै जिल्ला भित्र २५ जनाभन्दा बढि भेला गरेर कुनैपनी सभा, सम्मेलन,मेला- महोत्सव आयोजना नगर्न निर्देशन यस अघि नै जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्