कपिलवस्तु शिवपुरका ८१ जना ज्येष्ठ नागरिकलाई सम्मान



कपिलवस्तु,पुस ३० । कपिलवस्तुको शिवराज नगरपालिका वडा १ मा रहेका ८१ जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ । वडाको वार्षिक कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि अन्तर्गत वडा कार्यालयको सहयोगमा शिवपुर स्वास्थ्य चौकीले ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई न्यानो कपडा कम्बल, नगद रकम तथा स्वास्थ्य परीक्षण, औषधि वितरण कार्यक्रम गरिएको शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले बताए।

ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले शिवराज नगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई प्रत्येक वर्ष सम्मान गरेकोमा धन्यवाद दिए । समाजमा रहेका अनुभवी ज्येष्ठ नागरिकहरू वाट धेरै कुरा सिक्नुपर्ने बताए । कार्यक्रममा नगरप्रमुख नेत्रराज अधिकारीले ज्येष्ठ नागरिक नगरका गहना रहेकोले सम्मान गरिएको बताए । नगरले हरेक क्षेत्रमा विकास गरिरहेको जनाउँदै कोरोनाको उच्च जोखिम रहेकोले सबै सतर्क रहनुपर्ने बताए।

वडा अध्यक्ष तथा शिवपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर जिसीको अध्यक्षता, लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, नगर प्रमुख नेत्रराज अधिकारी , उपप्रमुख शिवकुमारी थारुको विशिष्ट आतिथ्यता एवम् विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्