जीप दुर्घटनामा चारको मृत्यु, ८ गम्भीर घाइते



तनहुँ,माघ १ । तनहुँको बन्दीपुर गाउँपालिकामा पर्ने साराङ्घाटबाट बन्दीपुर जाँदै गरेको ग १ ज ६५५५ नम्बरको बोलेरो जीप बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ ८ बजे  दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना सख्त घाईते भएका छन् ।

जीप अनियन्त्रित भई धरमपानीस्थित हटियाको भीरबाट १२० मिटर तल खस्दा घटना स्थलमै मृत्यु भएको घाईतेको अवस्था पनि गंभिर रहेको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रमुख विकास अधिकरीले जानकारी दिए । मृत्यु हुनेहरुमा बन्दीपुर गाउँपालिका–६ धरमपानीका ९ महिने बालक आरुवी थापा, २४ वर्षिय रोशन गुरुङ, ५३ वर्षिय हरिबहादुर न्योपाने र ४८ वर्षिय शुसिलादेवी न्यौपाने रहेका छन् ।

जीपमा १२ जना सवार रहेको घाइते ८ जनाकै उद्धार गरी उपचारको लागि बन्दीपुर अस्पताल पठाइएको उनले जानकारी दिए । रातको समय भएकोले र गाडी भिरमा भएकाले उद्धार गर्न कठिन भएको मृत्यु भएकाको सनाखत हुन सकेको छैन’’ अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्