नेपाललाई मुद्रा कोषको ४७ अर्ब रुपैयाँ निर्ब्याजी ऋण, एक हप्ताभित्र १३ अर्ब आउँदै



नेपालले १० वर्षसम्म ऋण चलाउन पाउने 

काठमाडौं,माघ १ । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई करिब ४७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिएको छ ।

मुद्रा कोषले इनह्यान्स क्रेडीट फ्यासिलिटी (इसिएफ) मार्फत ४६ अर्ब ७० करोड रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण शुन्य ब्याजदरमै दिएको हो ।

उक्त ऋण सहायता मध्ये करिब १३ अर्ब रुपैयाँ (११० मिलियन अमेरिकी डलर) बराबरको रकम पहिलो किस्ता वापत प्राप्त हुनेछ । उक्त रकम एक हप्ता भित्रै नेपालले पाउने अर्थमन्त्रालयले जनाएको छ ।

बाँकी रकम बिभिन्न किस्तामा क्रमश प्राप्त हुने गरि स्विकृत भएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कोभिड १९ का कारण जनस्वास्थ्य र आर्थिक गतिविधिमा परेको नकरात्मक प्रभाव कम गर्न, विपन्न वर्गलाई संरक्षण गर्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थिरता कायम गर्न र दीगो विकास तथा गरिबी निवारण सम्बन्धी नेपालले लिएको सुधारका काम र प्रयासलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास लिइएको छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने उक्त सहायता नेपालले आवश्यकता  र प्रथामिकताका आधारमा बजेटमा समावेश गरि खर्च गर्ने भएको छ ।  कोष सँग भएको प्रारम्भिक छलफलमा चालु आर्थिक वर्षको बजेटमा उक्त रकमलाई बजेटको स्रोत कायम गरिने मन्त्रालयले जनाएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्