नुवाकोटमा गोरु जुधाउने र प्रहरी बिच झडप



नुवाकोट, माघ १ । नुवाकोटमा गोरु जुधाउने स्थानीय र प्रहरी बीच झडप भएको छ। कोरोना महामारीका समयमा भेलाजन्य गतिविधि नगर्न सुझाएपनि गोरु जुधाउन स्थानीय लागिपरे पछि प्रहरीले रोक्न अनुरोध गर्दा सामान्य झडप भएको स्थानीय सलिना केसीले बताइन्।

प्रहरी आएर सिधै हातपात गरेपछि स्थानीय र प्रहरी बीच पञ्चकन्याको नौतरीमा सामान्य झडप भएको बुझिएको छ। प्रहरीले झडपबारे केहि बताएको छैन। स्थानीयले प्रहरी अवरोधकै बीच सातबिसेको सार्की बगरमा १ हल गोरु जुधाई सकेका छन्।

त्यस्तै पञ्चकन्या गाउँपालिकाको वडा नम्बर ४ नौतरीमा १ हल गोरु जुधाएका छन् भने अन्य हल गोरु समेत जुधाउने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्