रिडिमा भक्तजनको घुइँचो, माघे मेला भने लागेन



गुल्मी,माघ १ । नेपालका चार धाम मध्यको एक धाम गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल रिडीमा माघे सक्रान्तीको अबसरमा मेला लाग्ने गर्दछ । तर यसवर्ष कोरोना जोखिमका कारणले गर्दा मेला लाग्न सकेन । यसवर्ष मेला नलाग्दा धेरै ठाउँबाट घरेलु तथा औधोगिक वस्तु गर्ने व्यापारिहरुलाई मर्कामा परेका छन् । गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा माघे सक्रान्तीको अबसरमा रिडी स्थित कालीगण्डकी नदिमा नुहाउने तथा मेल अबलोकन गर्नेहरु जाने गर्दछन् ।

माघे सक्रान्ति देखि तीनदिन सम्म कालीगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने विश्वास छ । हिन्दु धर्ममाविश्वास राख्नेहरुको बिहानैदेखि रिडीमा जमघट भएको हो ।

यसवर्ष नदि किनारमा केहि छिटफुल पसलहरु राखेपनि अन्य कार्यक्रमहरु भने भएका छैनन् । कोरोना जोखिमका कारण अघिल्ला बर्षहरुमा जस्तो रौनक नभए पनी भक्तजनहरु टाढा टाढाबाट यि स्थानहरुमा स्नान र पुजा गर्न आइपुगेका छन् ।
अघिल्ला बर्षहरुमा ठुला ठुला मेला लाग्ने गरेकोमा यस बर्ष भने कुनै औपचारिक कार्यक्रम नभए पनी भक्तजनहरुले आआफनो तवरले माघे सक्रान्ती पर्ब मनाएका छन् ।

त्यस स्थलमा लाग्ने मेलामा हजारौंको संख्यामा श्रद्धालुहरु आउने र टाढा टाढाबाट राडी पाखी, डोको नांगलो, भेडा च्यांग्राका ब्यापारीहरु आउने गर्दथे । गुल्मी, पाल्पा र स्याङ्जाजिल्लाको संगम स्थल रिडीमा माघे सक्रान्तिको अवसरमा स्नानगर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ ।

भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिकालागि रिडी मेलामा आउने भक्तजनको भनाई रहेको छ । यस क्षेत्रमा प्राचिन समयमा देबदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ ।रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्