मेयरका उम्मेदवारसहित २४ नेता नेकपा ‘एस’मा प्रवेश



ललितपुर,माघ १ । मेयरका उम्मेदवारसहित २४ नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवार रहेका प्रदीपसिंह थापा र माओवादी पूर्व लडाकु विष्णु कठायत ‘जिवन’ सहित २४ जना नेकपा एकीकृत समाजवादी प्रवेश गरेका हुन ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमालेको भातृ संगठन अनेमसंघ र प्रेस चौतारी परित्याग गरेकाहरुलाई शुक्रबार पार्टी कार्यालय सातदोवाटोमा केन्द्रीय कमिटिका उपमहासचिव जगन्नाथ खतिवडा लगायतका नेताहरुले स्वागत गरेका हुन् ।

स्वागत गर्दै उपमहासचिव खतिवडाले प्रगतिशील राजनीतिक परिवर्तन, संविधान संसद र राष्ट्रियता जोगाउने पक्षधरको ध्रुवीकरणको उपयुक्त गन्तव्य एकीकृत समाजवादी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्