कोरोना अपडेट: थप ४ हजार ६ सय ३६ जनामा संक्रमण, मृत्यु ४ जना



काठमाडौँ,माघ १ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ हजार ६ सय ३६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ४९ हजार २०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ३ सय ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १६ हजार ३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ५ सय ५६ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट शनिबार थप ४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्