काठमाण्डौं, भक्तपुर र ललितपुरमा मात्रै करिब १३ हजार सक्रिय संक्रमित



काठमाडौं,माघ १ । उपत्यकाको ३ जिल्लामा मात्रै आज सक्रिय संक्रमितको संख्या १३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै १२ हजार ८१४ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।

मन्त्रालय शनिबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ९ हजार ६१, भक्तपुरमा १ हजार ३७१ जना र ललितपुरमा २ हजार ३८२ जना संक्रमित रहेका छन् ।

नेपालमा शनिबार सम्म सक्रिय संक्रमितको संख्या बढेर २१ हजार ५८४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्